नियम १२७
निरीक्षणको लागि निवेदनपत्र दिने
अदालतमा भएको कुनै मिसिल वा लिखतको निरीक्षण गर्न चाहने व्यक्तिले दिनको साढे तीन बजेसम्ममा अनुसूची-१० बमोजिमको ढाँचामा देहायका कुराहरू खुलाई तोकिएको दस्तुरसाथ निवेदन दिनुपर्छ। छुट्टाछुट्टै मिसिल संलग्न लिखतको निरीक्षणको लागि सो बमोजिम छुट्टाछुट्टै निवेदनपत्र दिनुपर्छः- (क) जुन मुद्दाको मिसिल वा लिखतको निरीक्षण गर्न चाहेको हो सो मुद्दाको मिसिल नम्बर र साल,

(ख) निरीक्षण गर्न चाहेको मिसिल वा लिखतको विवरण,

(ग) निवेदक मुद्दामा पक्ष वा वारिस नभए निजले निरीक्षण गर्न चाहेको कारण,

(घ) निरीक्षण गर्ने व्यक्तिको नाम, थर र वतन।